
काठमाडौं । चिनियाँ अटोनिर्माता एसएआईसी मोटर्सले हुवावेसँग मिलेर इन्टेलिजेन्ट विद्युतीय गाडी (ईभी) बनाउने बताएको छ । यसका लागि शुक्रबार दुवै कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार दुवै कम्पनीले उत्पादन, आपूर्ति शृंखला व्यवस्थापन र बिक्री सेवामा रणनीतिक सहकार्य गर्नेछन् ।
हस्ताक्षरमा कार्यक्रममा एसएआईसीका अध्यक्ष वाङ सियाओकिउ र हुवावेका प्रबन्ध निर्देशक एवं इन्टेलिजेन्ट सवारीसाधन समाधान एकाइका अध्यक्ष रिचर्ड युले सहभागी थिए ।
एसएआईसीका अध्यक्ष जिया जियानक्सु र हुवावेको झिक्सुआन व्यापार एकाइका अध्यक्ष वाङ यानमिनले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सूचना–प्रविधि क्षेत्रको पूर्वाधार एवं उपकरण निर्माता हुवावेले पछिल्लो समय अटो कम्पनीसँग मिलेर काम गर्न थालेको छ । एसएआईसीले एमजी, आईएम, वुलीलगायत विभिन्न ब्रान्डका गाडी उत्पादन गर्छ ।