site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीबाट सुरु भयो कांग्रेसको 'युवा अभियान'

विराटनगर । नेपाली कांग्रेसको 'युवा अभियान' कोसी प्रदेशबाट सुरु भएको छ । नेपाली कांग्रेस सूचना तथा प्रचार विभागको आयोजनामा हुन लागेको 'राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान'लाई शुक्रबार महामन्त्री गगनकुमार थापाले विराटनगरमा उद्घाटन गरेका हुन् ।

कांग्रेसले सातवटै प्रदेशमा अभियान तलाउने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । पहिलो कार्यक्रम कोसी प्रदेशमा भएको हो ।

"कांग्रेसले गत साउनमा ३० दिने र १०० दिने अभियान चलाएको थियो । त्यस अभियानबाट उठेका निष्कर्ष कांग्रेसजनमा नैराश्य छ भन्ने आएको र फेला परेकाले तिनै विषयबारे मन्थन गर्न कार्यक्रम आरम्भ गरिएको हो," विश्वकर्माले भने ।

उनले तीनै तहमा सरकार भए पनि कार्यकर्तामा छाएको निराशा बुझ्न अभियान थालिएको सुनाए । अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण पत्रकारद्वय हरिबहादुर थापा र जगत नेपालले गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro