site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साताको सेयर बजार : उकालो लाग्दै नेप्से र कारोबार रकम

काठमाडौं । यो साताका चार कारोबार दिनमा सेयर बजार समग्रमा ६५.२५ अंकले बढ्यो । बुधबार राष्ट्रिय प्रजातन्त्र दिवसको सार्वजनिक बिदा भएकाले साताका पाँचमध्ये चार दिन मात्र सेयर कारोबार भयो । चार दिनमा ३८ अर्ब ५८ करोड रुपैयाँको कारोबार भयो ।

गएको साताको तुलनामा कारोबार रकम कम भयो । तर, पाँच कारोबारको तुलनामा यो साताका चार दिनमा रकम बढी मान्न सकिन्छ । गएको साता ३९ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार (फागुन ८) नेप्से परिसूचक २७४३.७४ विन्दुमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६७८.४७ विन्दुमा बन्द भएको थियो ।

यो साताका सबै चार कारोबार दिन नै बजार बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३.१४ अंकले बढेको थियो । आइतबार १९.५६, सोमबार २९.८७ र मंगलबार १२.६८ अंकले बजार बढेको थियो ।

गएको साता बजार समग्रमा २१.३३ अंकले घटेको थियो । उक्त साता दुई कारोबार दिन मंगलबार र बिहीबार नेप्से बढेको थियो । मंगलबार ६.५४ र बिहीबार १.८६ अंकले बजार बढेको थियो । गएको साताको आइतबार नेप्से ११.४९, सोमबार १०.९८ र बिहीबार ७.२६ अंकले घटेको थियो ।

‘अन्य’ समूहका लगानीकर्ताले सर्वाधिक कमाए
एक सातामा सर्वाधिक कमाउनेमा ‘अन्य’ समूहका लगानीकर्ता छन् । यो समूहको परिसूचक सातामा ७.२४ प्रतिशतले बढ्यो ।

यो साता बढी गुमाउनेमा विकास बैंक समूहका लगानीकर्ता छन् । एक सातामा यो समूहका लगानीकर्ताको सम्पत्ति १.८५ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro