site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीको एक अर्ब ४९ करोड हिनामिना आरोपमा थप एकजना समातिए

म्याग्दी । म्याग्दीको बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । 

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार (फागुन ८) म्याग्दी जिल्ला अदालतबाट फागुन १३ गतेसम्मका निम्ति म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएको मंगलबार पुनलाई पक्राउ गरिएको हो । उनलाई यसअघि माघ २० गते पक्राउ परेका अरू पाँचजनासँगै अदालतमा उपस्थित गराउने गरी म्याद थप भएको प्रहरी निरीक्षक सागर पौडेलले बताए ।

कुमारी सहकारीका ६ हजार बचतकर्ता छन् । पुनलगायत आरोपितविरुद्ध सहकारी ऐन, २०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्वसञ्चालक हुन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro