site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोर्टोविरुद्ध रोमाञ्चक जित निकाल्दै रोमा अन्तिम–१६ मा 

काठमाडौं । पोर्चुगिज क्लब पोर्टोविरुद्ध दोस्रो लेगमा ३–२ को  जित निकाल्दै इटालियन क्लब रोमा यूईएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । रोमाले पोर्टोविरुद्ध समग्रमा ४–३ को जित निकालेको हो ।

बिहीबार घरेलु मैदान स्टाडियो ओलिम्पिकोमा रोमालाई जित दिलाउन पाउलो डिबालाले दुई गोल गरे । यस्तै, निकोलो पिसिलीले एक गोल थपे । पोर्टोबाट सामु अघेहोवाले एक गोल गरेका थिए । पोर्टोले अर्को एक गोल भने आत्मघाति उपहार पाएको थियो । 

Dabur Nepal
NIC Asia

खेलको २७औँ मिनेटमा अघेहोवाको गोलमा घरेलु टिमविरुद्ध पोर्टोले अग्रता बनाएको थियो । तर, यो अग्रता लामो समयसम्म टिक्न सकेन । 

३५औँ मिनेटमा डिबालाले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए । त्यसको चार मिनेटपछि डिबालाले दोस्रो गोल गरेपछि रोमाले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । 

५१औँ मिनेटमा स्टेफन युस्टाक्युले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो । 

८३औँ मिनेटमा पिसिलीको गोलमा रोमाले अग्रतालाई ३–१ मा पुर्यायो । इन्जुरी समयमा रोमाका डेभ्यान रेन्स्चबाट आत्मघाति गोल उपहार पाएपछि पोर्टोले ३–२ को रोमाञ्चक स्थिति बनाएको थियो । तर, यसपछि थप गोल नहुँदा रोमा अन्तिम–१६ मा प्रवेश गरेको हो । यसअघि पहिलो लेगमा रोमा र पोर्टोले १–१ को बराबरी खेलेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro