
विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण प्रक्रियाको विपक्षमा रहेका समूह र प्रहरीबीच झडप भएको छ ।
मुक्कुम्लुङ संयुक्त संघर्ष समितिले बिहीबार ‘पाथीभरा केबलकार’को विरोधमा पदयात्रा गरेको थियो । त्यसक्रममा ताप्लेजुङमा केबुलकार निर्माण गर्न नहुने पक्षसँग ठूलो फेदीमा झडप भएको हो । आन्दोलनरत पक्षले निर्माण सामग्री कब्जा गर्ने भन्दै अघि बढेपछि प्रहरीले रोकेको थियो । स्थिति तनावग्रस्त भएपछि सुरक्षाकर्मीले लाठीचार्ज गर्दै अश्रुग्यास प्रहार गरेको थियो ।
ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना तथा प्रदर्शनकारीतर्फ एकजना घाइते भएका छन् । प्रहरीले सात सेल अश्रुग्याँस प्रहार गरी आन्दोलनकारीलाई तितरवितर पारेको थियो ।
कन्छीथानबाट पदयात्रा सुरु भइ अपराह्न काफ्लेपाटी पुगेको थियो । लिम्बुवानी नेता दिलकुमार लोओतीले जानकारी दिए । ठूलो फेदीबाट आन्दोलनकारी अघि बढेपछि प्रहरीसँग घम्साघम्सी परेको थियो । "पदयात्रामा पहिचानवादी नेताहरु सहभागी हुनुहुन्थ्यो," लावतीले भने,"ठूलो फेदीनजिकै झडप भयो ।"
काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत बिहीबार पदयात्रा गरिएको थियो ।