site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलको ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई डेटा प्याक सञ्चालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकलाई सधैँ अन राख्न योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धता अनुरूप ल्याइएका हुन् ।

करसहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन् । ग्राहकहरूलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन् ।

यो अफर विषेशतः छोटो अवधिको लागि विना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हो । ग्राहकले एनसेल एपमार्फत वा *१२३*४*१*४# डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् । 

कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमाविना निर्बाध रूपमा इन्टरनेट सेवा प्रदान गर्दछ ।

यस्तैगरी, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम करसहित मात्र ५० रुपैयाँमा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । 

सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्त्व राख्दछ ।

ग्राहकहरूले एनसेल एपबाट वा *१२३*४*२*१# डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् । यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजालिने लगायतका कार्यका लागि उपयुक्त छ ।


विशेषगरी छोटो छोटो अवधिका लागि डेटा लिन चाहने ग्राहकका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफर अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro