site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधनका लागि राजनीतिक दलबीच सहमति आवश्यक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलबीच सहमति कायम गर्ने बताएका छन् ।

बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन् । 

उनले केही दिनमा नै दुई दलको कार्यदल बनाई संशोधनको काम सुरु गर्ने जानकारी दिए । गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थितिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको उल्लेख गरे ।

अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको उद्देश्य पूरा गर्नका लागि गठन भएको उनको भनाइ छ ।

उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro