site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोनाल्ड ट्रम्पले नेपाललाई 'भ्रष्ट देश' भनेपछि संसदीय समितिमा उठ्यो प्रश्न

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अमेरिकाले नेपाललाई दिएको सहयोगका विषयमा राष्ट्र बैंकसँग छलफल गर्न माग गरेका छन् । 

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा सांसद शाहीले विदेशबाट आएको सहयोग रकमको हिसाबकिताब राष्ट्र बैंकसँग हुने भन्दै अमेरिकाले नेपाललाई दिएको सहयोगका विषयमा राष्ट्र बैंकसँग छलफल गर्न माग गरेका हुन् । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भ्रष्ट देश भनेको र संघीयताका साथै जैविक विविधताका लागि प्राप्त सहयोग फ्रड हो भनेकाले नेपालमा आएको सहयोगको छानबिन गर्नुपर्ने उनले बताए । 

सांसद शाहीले अनुदानमा आएका रकमको सबै हिसाब अर्थ समितिले माग गर्नुपर्ने उल्लेख गरे । भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्तासँग छलफल गर्न बोलाएको बैठकमा कार्यसूचीबाहिरका विषयबस्तु राखेपछि सभापति सन्तोष चालिसेले सांसद शाहीको ध्यानाकर्षण गराएक थिए ।

त्यस्तै, सांसद सूर्यबहादुर थापाले कार्यसूचीभन्दा बाहिरको छलफललाई नियन्त्रण गर्न सभापतिको ध्यानाकर्षण गराए । 

त्यस्तै सांसद कल्पना चौधरीले पनि विषयवस्तुभन्दा बाहिर गएर बोल्दा सभापतिले रोक्नुपर्ने बताइन् । उनले आफना कुरा राख्ने र हिँड्ने सांसद शाहीको शैली रहेको भन्दै विरोध जनाइन् । 

त्यस्तै, अन्य समिति सदस्यले समयमा नै विधेयकलाई अघि बढाउन गम्भीर हुनुपर्ने भन्दै विषयवस्तुबाहिरका विषयलाई सभापतिले रोक्नुपर्ने सुझाव दिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro