site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कानुन व्यवसायीको व्यवसायिकतामा प्रधानन्यायाधीशले उठाए प्रश्न 

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कानुन व्यवसायीको व्यवसायिकताप्रति प्रश्न उत्पन्न भएको बताएका छन् । 

सर्वोच्च अदालत बार एसोसिएसनको ५१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले सयौँ संख्यामा रहेका कानुन व्यवसायीमा अधिकांशलाई व्यवसायिक बनाउनेमा प्रश्न उत्पन्न भएको बताएका हुन् । 

यो प्रश्नलाई सबैले मिलेर सम्बोधन गर्न सक्नुपर्ने उनले बताए । उनले अदालतमा बेथिति वा भ्रष्टाचार देखिए सबै मिलेर नियन्त्रण गनुपर्ने धारणा राखे । प्रधानन्यायाधीश राउतले संसद्ले बनाउने कानुन अन्यायपूर्ण वा दोषपूर्ण भए अदालतले त्यसमा केही गर्न नसक्ने भएकाले कानुन बनाउनुअघि नै सरोकारवाला बिषयमा कानुन व्यवसायीले स्वच्छ कानुन निर्माणका लागि लबिङ गर्न सक्नुपर्ने बताए । अहिले धेरै कानुन दोषपूर्ण रहे पनि अदालत हात बाँधेर बस्नुपरेको उनको भनाइ छ ।

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको रिफर्म गर्ने कुरामा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे । उनले अदालतको फैसला र आदेशका त्रुटिपूर्ण भए सच्चाउन सकिने उल्लेख गर्दै फेसबुकमा जथाभावी बोल्नुभन्दा उचित सुझाव दिन कानुन व्यवसायीलाई आग्रह गरे । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro