site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नो केबलकार’ पक्षको पदयात्रा सुरु  

विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण प्रक्रियाको विपक्षमा रहेको समूहको पदयात्रा सुरु भएको छ । मुक्कुम्लुङ संयुक्त संघर्ष समितिले बिहीबार ‘पाथीभरा केबलकार’ निर्माणको विरोधमा पदयात्रा सुरु गरेको हो ।

ताप्लेजुङमा केबलकार निर्माण गर्न नहुने भन्दै समितिले विरोधका कार्यक्रमहरुरू संचालन गरिरहेको छ । केहीअघि ताप्लेजुङको कन्छिथानबाट पदयात्रा सुरु भएको लिम्बूवानका नेता दिलकुमार लावतीले जानकारी दिएका छन् । पदयात्रा काफ्लेपाटी पुगेर विरोधसभामा परिणत हुनेछ । उनले भने, “पदयात्रामा पहिचानवादी नेताहरू सहभागी हुनुहुन्छ ।” 
 
काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत पदयात्रा सुरु गरिएको समितिले जनाएको छ । 

पाथीभरा क्षेत्रमा केबुलकार निर्माण गर्दा मुन्धुमी संस्कृतिमा असर गर्ने र त्यसले पर्यावरणमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै विरोध भइरहेको छ । माघमा आन्दोलनका क्रममा संघर्षरत पक्षका पाँचजना घाइते भएपछि संघीय सरकारले वार्तासमेत गरेको थियो । 

तर, सहमति हुन नसकेपछि ‘नो केबलकार’ पक्षले पुनः आन्दोलन घोषणा गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro