site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाइडेनको नाम नलिई ट्रम्पले भारतको चुनावबारे के भने ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा मतदान प्रतिशत बढाउँन आर्थिक सहायता रोक्ने निर्णयप्रति फेरि प्रतिक्रिया दिएका छन् । ट्रम्पले भने, “भारतमा मतदानका लागि २१ मिलियन डलर खर्च गर्न के आवश्यक छ ?”

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनको नाम नलिई उनले भने, “मलाई लाग्छ उनी अरु कसैलाई जिताउन खोजिरहेका थिए । हामीले भारत सरकारलाई भन्नुपर्छ,” उनले भने ।

गत लोकसभा चुनावमा बीजेपी नेतृत्वको गठबन्धन एनडीएले जितेको थियो ।

ट्रम्पले यसअघि पनि भनेका थिए, “हामी भारतलाई किन २१ मिलियन डलर दिइरहेका छौँ ? उनीहरूसँग धेरै पैसा छ । भारत विश्वमा सबैभन्दा बढी कर लगाउने देशमध्ये एक हो । उनीहरूको शुल्क धेरै उच्च छ ।”

ट्रम्पले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आफ्नो ठूलो सम्मान रहेको बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro