site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सेन्सर बोर्ड’ले रोकिदियो चलचित्र ‘ताण्डवम्’को प्रदर्शन 

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’को प्रदर्शन रोकिएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रमा धेरै हिंसात्मक दृश्य रहेको भन्दै ती दृश्यलाई हटाएर ल्याउन भन्दै सेन्सरमा रोकेको हो । 

सेन्सर रोकिएसँगै आज (बुधबार)लाई सिनेमाको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित भएको छ ।

“केही दृश्यहरू अत्याधिक हिंसात्मक भयो भन्दै सिनेमा सेन्सरमा रोकिएको छ । ती दृश्यहरू काटेपछि सिनेमाको मर्म नै मर्छ । दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्वीकार गरिएको छ,” गहतराजले भने । चलचित्रमा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई तीन मिनेटमा घटाउन निर्देशन दिएको निर्देशक गहतराजले बताए ।

चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काटेर ल्याउन भनेको निर्देशक जुनिम गहतराजले जानकारी दिएका छन् ।

चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाललगायतको अभिनय रहेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro