site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीद्वारा प्रजातन्त्र दिवसको शुभकामना
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीमा दिवसको शुभकामना व्यक्त गरेका हुन् । 

“फागुन ७ गते आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो”, प्रधानमन्त्री ओलीले नेपालको नक्सासँगै नेपालको राष्ट्रिय झण्डा ‘पोष्ट’ गर्दै लेखेका छन्, “जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान ।” रासस

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्