site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूस र अमेरिकाबीचको वार्ताबाट जेलेन्स्की किन रिसाए ?

नयाँदिल्ली । साउदी अरबमा अमेरिका र रूसका विदेशमन्त्रीबीच वार्ता भइरहेको बेला युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीमा थिए ।

उनले पत्रकारहरूलाई भने, "हामी सबै कुरा पारदर्शी होस् भन्ने चाहन्छौँ ताकि कसैले हाम्रो पछाडि केही निर्णय नगरोस्... हामीलाई रूस–अमेरिका वार्तामा निमन्त्रणा गरिएको थिएन । अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्य थियो । हामीले मिडियाबाट थाहा पायौँ ।"

जेलेन्स्कीले थप भने, "युक्रेनबाहेक, ईयू, टर्की र बेलायतलाई पनि संयुक्त राज्य अमेरिकासँग रक्षा ग्यारेन्टीको मुद्दामा थप प्रगति गर्न यो वार्तामा समावेश गर्नुपर्छ ।"

उनले युक्रेनले रूसले कब्जा गरेको क्षेत्रलाई कुनै पनि हालतमा मान्यता नदिने बताए । "पूर्वको क्षेत्र हाम्रो हो, क्रिमिया हाम्रो हो र ती सबै सहर र गाउँहरू हाम्रो लागि महत्त्वपूर्ण छन्," उनले भने ।

जेलेन्स्कीले यस हप्ताको लागि तय गरिएको साउदी अरेबियाको भ्रमण मार्च १० सम्म स्थगित गर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro