site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अदालतले भन्यो– ‘लाज शरणम्’को प्रचार नगर्नू, अब रिलिज के हुन्छ ?

काठमाडौं । प्रदर्शनको क्रममा रहेको चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसार रोकिएको छ । उच्च अदालत पाटनले ‘लाज शरणम्’को सेन्सर नभएसम्म प्रचार नगर्न अन्तरिम आदेश दिएको छ ।

अदालतले ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न/नगराउन अन्तरिम आदेशमा भनेको छ ।

पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमको तर्फबाट उनको अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर भएको थियो ।

केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने भन्दै आदेशमा त्यसअघि निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यममा प्रचारप्रसार नगर्न आदेशमा उल्लेख छ ।

सो सम्बन्धी पोस्टहरू प्रकाशन, प्रसारण नगर्न/नगराउन पनि आदेशमा भनिएको छ ।

आदेशसँगै ‘लाज शरणम्’को प्रचार प्रभावित हुने भएको छ । फागुन १४ गते रिलिज हुने तयारी रहेको चलचित्र अब के हुन्छ अन्योल भएको छ ।

सेन्सर बोर्डले प्रदर्शन अनुमति दियो भने यो चलचित्र रिलिज हुनेछ । आलमसँग हुबहु मिलेको भन्दै बोर्डले त्यसलाई हटाउन भनेको खण्डमा भने निर्माणपक्ष अफ्ठ्यारोमा पर्नेछ । धुर्मुस नै मुख्य भूमिकामा रहेकाले उनको भाग हटाएर चलचित्र रिलिज गर्न कठिन हुनेछ । 

भोलि (बुधबार) ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम पनि प्रभावित हुने भएको छ । यो चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’को गेटअप आलमको जस्तो देखिन्छ । ‘लाज शरणम्’मा उनी मुख्य भूमिकामा छन् ।

कुमार कट्टेलले यसलाई निर्देशन गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro