site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चकलेट चोरीको आशंकामा घरमालिकले कुटपिट गर्दा १३ वर्षीया बालिकाको मृत्यु 
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाकिस्तानमा १३ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । चकलेट चोरेको आशंकामा आफ्नै घरमा काम गर्न बसेकी १३ वर्षीया बालिकामाथि घरमालिक दम्पतीले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

धेरै चोटका कारण इक्रा नामकी ती बालिकाको गत बुधबार अस्पतालमा मृत्यु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा बालिकालाई नराम्ररी यातना दिएको पाइएको थियो । रावलपिन्डीमा भएको यस घटनाका कारण पाकिस्तानभर क्रोधको लहर फैलिएको छ । सामाजिक सञ्जालमा जस्टिस फर इरा ट्रेन्ड चलिरहेको छ । 

पाकिस्तानका विभिन्न प्रान्तमा बाल श्रमसम्बन्धी विभिन्न नियमहरू छन्। पञ्जाब प्रान्तमा (जहाँ यो घटना भएको थियो) पनि १५ वर्षमुनिका बालबालिकालाई कामदारको रूपमा राख्न निषेध गरिएको छ। तर लुकीछिपी कम उमेरका बालबालिकालाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने गरिन्छ । 

इक्राका बुबा सनाउल्लाहले बीबीसीसँग भने, ‘‘उनको मृत्युले म स्तब्ध भएको छु । प्रहरीले बुधबार मलाई बोलायो। अस्पताल पुग्दा इक्रा ओछ्यानमा अचेत अवस्थामा पल्टिएकी थिइन् । केही समयपछि उनको मृत्यु भयो।’’

इक्राले आठ वर्षको उमेरदेखि नै घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन् । इक्राले पछिल्लो दुई वर्षयता सो घरमा काम गर्दै आएकी थिइन् । उनका ४५ वर्षीय बुवाले आफू ऋणमा डुबेकाले छोरीले पनि काम गर्नुपरेको बताए । उनले हरेक महिना करिब साढे आठ हजार पाकिस्तानी रुपैयाँ पाउँथिन् । 

प्रहरीका अनुसार, इक्राका मालिकले उनलाई चकलेट चोरेको आरोप लगाएर यातना दिएका थिए । शोषण भएको पर्याप्त प्रमाण प्रहरीसँग छ । बीबीसीसँग भेटिएका इक्राको तस्बिरमा इक्राको खुट्टा र हातमा भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रहरीले अहिले इक्राको पोस्टमार्टम र पूर्ण मेडिकल रिपोर्ट पर्खिरहेको छ ।

इक्राका मालिक राशिद शफिक र उनकी श्रीमती सानालाई हिरासतमा लिइएको छ । साथै घरमा बालबालिकालाई पढाउने कुरान शिक्षकलाई पनि हिरासतमा लिइएको छ ।

ती शिक्षकले घाइते इक्रालाई अस्पताल ल्याएर बालिकाका बुवा अहिले यो संसारमा नरहेको र आमा भेट्न नसकिने झुटो खबर दिएका थिए । 

सन् २०१८ मा, एक न्यायाधीश र तिनकी श्रीमतीलाई आफ्नो १० वर्षीय घरेलु कामदारलाई यातना दिएकोमा दोषी ठहर गरी तीन वर्षको जेल सजाय सुनाएको थियो । तर, पछि उनको सजाय एक वर्ष घटाएर दुई वर्ष बनाइएके थियो । त्यसबेला पाकिस्तानमा यो प्रकरणको निकै चर्चा भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro