site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकृति मृत्यु प्रकरण : नेपाल प्रहरीको टोली भारतको ओडिसा पुग्यो

काठमाडौं । नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीको टोली ओडिसा पुगेको छ ।

ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युबारे जानकारी लिन र त्यहाँ अध्ययनरत विद्यार्थीको अवस्था बुझ्न प्रहरीको टोली ओडिसा पुगेको हो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रकृतिको घटनाबारे नेपाल प्रहरीको टोली मंगलबार बिहानै ओडिसा पुगेको जनाकारी गराएकी छन् । उनले फेसबुकमार्फत उक्त जानकारी गराएकी हुन् । 

दिल्लीस्थित नेपाली दूतावासमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) संजिव दास शर्मा नेतृत्वको टोली छ । उनीसहित अर्का एक अधिकारी ओडिसा पुगेका हुन् ।

बुटबलकी प्रकृतिको शव आइतबार कलेजकै छात्रावासभित्र फेला परेको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro