site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केआईआईटीमा नेपाली छात्रा मृत्यु प्रकरण : विराटनगरमा विधार्थीको प्रदर्शन

विराटनगर । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको विरोधमा विराटनगरका विधार्थीले सीमा नाकामा प्रदर्शन गरेका छन् ।

मंगलबार नेपाल भारत सीमाको जोगबनी नाकामा घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको हो । 

शंकास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि उनीहरूलाई निकालेको थियो । लम्साललाई न्यायको माग गर्दै विराटनगरका अन्य स्थानमा समेत प्रदर्शन भएको छ ।

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन रोडशेष चोकसम्म पुगेको थियो ।

नेपाल विधार्थी संघ मोरङका सभापति सरोज पोखरेलले प्रकृतिको न्यायका लागि आफूहरू संघर्षमा उत्रिएको बताए ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई आउजाउमा अवरोधसमेत गरेका छन् ।

महेन्द्र मोरङ क्याम्पसका चार विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro