site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हरिवंशको कारुणिक स्वरमा ‘भूठान’को मोसन पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘भूठान’को मोसन पोस्टर सार्वजनिक भएको छ । मोसन पोस्टरमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य फिचर्ड छन् । 

हरिवंशको स्वरमा हरेक मान्छेले आफ्नै जिन्दगीमा भोग्ने फरक–फरक भोगाइ न्यारेसन गरिएको छ । 

“कहिले छोरो भएँ, कहिले बाउ भएँ । कहिले ऋणी भएँ, कहिले साउ भएँ । कहिले ताली पाएँ, कहिले गाली खाएँ । कहिले भरी भएँ, कहिले खाली भएँ । कहिले सोझो भएँ, कहिले जाली भएँ,” हरिवंशले दर्द र बेदना मिसिएको स्वरमा एउटै मान्छेले एउटै जिन्दगीमा भोग्ने जिन्दगीका फरकफरक आयामलाई प्रस्तुत गरेका छन्, “यसपाला त म के भएँ भएँ ! आम के म फेरि जन्मन्छु ?” 

एउटै मान्छेले जिन्दगीमा फरकफरक भूमिका निर्वाह गर्नुपर्ने बाध्यता र उक्त भूमिका निर्वाहका क्रममा हुने उतारचढाव मोसन पोस्टरले सिनेमामा रहेको संकेत गरेको छ । 

धिमा गतिमा चलिरहेको रेलले सुस्त जिन्दगीको संकेत गरेको छ । आकासमा उडिरहेका चराले बन्धनमुक्त जिन्दगीको चाहको संकेत गर्छ । यसलाई रमिता हेर्ने मानवीय प्रवृत्तिको पनि अर्थ लगाउन सकिन्छ । 

“यो चलचित्र हरिवंश दाइ अहिलेसम्म नदेखिएको फरक अवतार र भूमिकामा हुनुहुन्छ,” निर्देशक विनोद पौडेल बाह्रखरीसँग भन्छन्, “सिनेमामा उहाँको रिवर्न पनि हो । सिनेमा हेर्दा हरिवंश दाइको क्यारेक्टरलाई दिएर दर्शक साँच्चै छक्क पर्नुहुनेछ ।” 

विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल र टम क्रेनले मुख्य भूमिका निर्वाह गरेका छन् । यसमा हलिउडका प्रसिद्ध अभिनेता ब्रुस डर्नले विशेष भूमिका रहेको छ ।

ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको चलचित्रका प्रमुख निर्माता राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा हुन् । यस सिनेमाको सह–निर्माताहरूमा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली रहेका छन् ।

चलचित्र ‘भूठान’ भुटानदेखि भारत, नेपाल हुँदै अमेरिका पुगेका भुटानी समुदायको संघर्ष, देशप्रेम र आफ्ना जरा खोज्ने यात्राको भावपूर्ण कथा प्रस्तुत गर्दछ । चलचित्रको सम्पूर्ण छायांकन केही महिनाअघि अमेरिकामा सम्पन्न भएको हो ।

चलचित्रका प्राविधिक टोलीमा छायांकन सुसन प्रजापतिको, सम्पादन अन्जय खड्काको, ध्वनि डिकेश खड्गी शाहीको, कास्टिङ सूर्य शाहीको र पब्लिसिटी डिजाइन उज्जवल श्रेष्ठको रहेको छ ।

यो चलचित्रलाई बलिउड र हलिउडकै वितरकको सहकार्यमा विश्वभर एकसाथ प्रदर्शन गर्न प्रयास भइरहेको छ । नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले यो चलचित्रको वितरण गर्ने भएको छ ।

निर्देशक पौडेलले यसअघि चलचित्र ‘बुलबुल’ निर्देशन गरेका थिए । 

 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro