site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ला लिगाको शीर्ष स्थानमा उक्लियो बार्सिलोना 

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति रायो भालेकानोविरुद्ध घरेलु मैदानमा १–० को जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा कब्जा जमाएको हो ।

बार्सिलोनालाई महत्त्वपूर्ण तीन अंक दिलाउन रोबर्ट लेवान्डोवस्कीले निर्णायक गोल गरे । खेलको २८औँ मिनेटमा प्राप्त पेनाल्टीमा लेवान्डोवस्कीले कुनै गल्ती नगरी बललाई जाली चुमाएका थिए ।

जितसँगै बार्सिलोनाले २४ खेलबाट ५१ अंक जोडेको छ । घरेलु लिगमा बार्सिलोनाको यो १६औँ जित हो । समान अंक रहे पनि रियाल मड्रिड बार्सिलोनाभन्दा गोल आधारमा पछाडि छ । तेस्रो स्थानको एट्लेटिको मड्रिडको ५० अंक छ । २४ खेलबाट ३५ अंकको भालेकानो भने तालिकाको छैटौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro