site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सवारी दुर्घटना : ६ महिनामा एक हजार २३३ जनाको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परेर एक हजार २३३ जनाको मृत्यु भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । 

गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक सवारी दुर्घटनामा एक हजार १४९ जनाको मृत्यु भएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सवारी दुर्घटना हुँदा एक हजार २३३ जनाको ज्यान गएको छ ।

गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सवारी दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्या वृद्धि भएको छ । गत मंसिरको तुलनामा पुसमा दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।  

मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको मृत्यु भएको थियो । गत असोजमा एक हजार ८७३ दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको मृत्यु भएको विवरण छ । 

अघिल्लो गत मंसिरमा दुई हजार १४ सडक सवारी दुर्घटनामा २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको मृत्यु भएको छ । 

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्या बढेको छ । 

मधेस प्रदेश र वाग्मती प्रदेश (काठमाडौं उपत्यका) बाहेकमा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको छ ।

भयावह आत्महत्या
पछिल्लो ६ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन् । 

गृह मन्त्रालयका अनुसार गत वर्षको सोही अवधिमा तीन हजार ४५७ जनाले आत्महत्या गरेका थिए । 

यस वर्षको कात्तिकमा सबैभन्दा बढी ६२८, मंसिरमा ४७१ र पुसमा ४२५ जनाले आत्महत्या गरेको गृह मन्त्रालयले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ०६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro