site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलपछि प्रीतिको प्रतिक्रिया– हामीले अझ धेरै गर्न सक्थ्यौँ

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको पहिलो खेलमा जित निकालेपछि नेपाली टिमकी मिडफिल्डर प्रीति राईले आशातित प्रदर्शन नभएको बताएकी छन् ।

नेपाली टिमले प्रतियोगिताको आफ्नो पहिलो खेलमा सोमबार कीर्गिस्तानविरुद्ध १–० को कठिन जित निकालेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन विमला चौधरीले निर्णायक गोल गरेकी थिइन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीति ‘प्लेयर अफ दी म्याच’ समेत चुनिएकी थिइन् । खेलपछि पत्रकार सम्मेलनमा प्रीतिले जितका बाबजुद टिमले आशा अनुसारको प्रदर्शन गर्न नसकेको बताएकी हुन् ।

“पहिलो खेल जित्नुपर्छ भन्ने थियो । जितेकोमा खुसी छौँ । तर, हामीले अझ धेरै गर्न सक्थ्यौँ । दोस्रो हाफमा प्रशिक्षकले फर्मेसन पनि परिवर्तन गर्नुभयो । प्रशिक्षणमा हामीले त्यसरी खेलिरहेका थियौँ । तर, आज खेल्न सकेनौँ । आगामी खेलमा हामीले राम्रो गर्नुपर्छ,” प्रीतिले भनिन् ।

नेपालले अब बिहीबार आफ्नो दोस्रो खेलमा लेबनानविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको प्रतियोगितामा नेपालसँगै कीर्गिस्तान, लेबनान र म्यानमारको सहभागिता छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro