site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेयर आचार्यलाई वार्डमा सारियो, कस्तो छ अवस्था ? (भिडियोसहित)

काठमाडौं । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई वार्डमा सरिएको छ । हालसम्म सघन उपचार कक्षमा राखेर उपचार गरिएकोमा सोमबार साँझबाट उनलाई वार्डमा सारिएको हो ।
 
उनको अनुहार र हातमा भएको जलनको घाउ सुधारोन्मोख रहेको अस्पताल निर्देशक डा. किरणकिशोर नकर्मीले जानकारी दिए । उनका अनुसार जलनको घाउ सामान्य हुँदै गए पनि आचार्यलाई पुरानै उच्च रक्तचापको समस्या देखिएको छ । 

“जलनको घाउ खतरामुक्त भए पनि उहाँको रक्तचाप अहिले सन्तुलन नभइरहेकाले अब केही दिन वार्डमा राखेर निगरानी गर्छौं,” डा. नकर्मीले बाह्रखरीसित भने । उनका अनुसार आचार्यको शरीमा गहिरो जलन छैन भने श्वासनली र फोक्सोमा समेत कुनै असर परेको देखिएन । 

kirtipurburn-(1)-1739795405.jpg
 

यद्यपि संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले भेटघाट बन्द गरेको छ । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विस्ष्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro