site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली विद्यार्थीको रहस्यमय मृत्यु : अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सुमनाकाे माग 

काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको घटनाको अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्ने समय नपाएपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले उक्त घटनाको छानबिनका लािग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

Dabur Nepal
NIC Asia

उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै उक्त घटनाका विषयमा बुझ्न पहल गर्नुपर्ने उल्लेख गरिन् । 

उक्त घटनापछि नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाटै निष्कासित गरिएको विषयमा पनि विश्वविद्यालयसँग कुरा गर्नुपर्ने उनले बताइन् । तत्काल सदनमा राख्नुपर्ने विषय राख्न खोज्दा सभामुखले समय नदिएको भन्दै उनले आक्रोश व्यक्त गरिन् । 

सांसद श्रेष्ठले सभामुखले संसद्‍मा बोल्न खोज्दा पक्षपात गरेको समेत गुनासो गरिन् ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro