site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभर २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरी

काठमाडौं । देशभर २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरीहरू अहिले पनि रहेको बताए । उनले उजुरीहरूलाई फर्छ्यौट गर्ने कुरामा मन्त्रालयले तीव्रताका साथ कम गरिरहेको जानकारी दिए ।

त्यस्तै, सहकारी ठगीका मुद्दा आ.व.०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए । त्यसमा ४३ जना पक्राउ पर्नुका साथै पाँच अर्बभन्दा बढीको बिगो रकम माग दाबी गरिएको जानकारी दिए । सहकारीसम्बन्धी मुद्दामा ३५० जना मानिस फरार रहेको बताए । मन्त्रालयले बेरुजु फर्छ्यौटलाई शून्य बनाउन काम गरिरहेको उल्लेख गरे ।

उनले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुर्व्यसन, साइबर अपराधका घटनाहरू अत्याधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro