site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
म्यानमारको विजयी सुरुआत

काठमाडौं । उद्घाटन खेलमा लेबनानविरुद्ध ३–१ को जित निकाल्दै म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा म्यानमारलाई जित दिलाउन विन थेइन्गी तुम, स्वी यी तुन र सान थव थवले समान एक गोल गरे । लेबनानकी लैला इस्कान्दारले एक गोल फर्काइन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि ५७औँ मिनेटमा तुमको गोलमा म्यानमारले अग्रता बनाएको थियो । तर, त्यसको तीन मिनेटपछि इस्कान्दारको गोलमा लेबनान खेलमा फर्कियो ।

७२औँ मिनेटमा तुनको गोलमा म्यानमारले पुनः २–१ को अग्रता बनायो । त्यसको तीन मिनेटपछि नै थवले गोल गरेपछि म्यानमारले ३–१ को अग्रता बनाएको थियो । यसपछि थप गोल नहुँदा म्यानमारले जितसँगै तीन अंक पक्का गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा कुल चार टिमको सहभागिता छ । जसमा नेपाल, कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता छ ।

प्रतियोगिताको दोस्रो खेलमा आजै नेपाली टिमले कीर्गिस्तानविरद्ध खेल्ने तालिका छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro