site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्री पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । 

यसअघि कीर्तिपुर बर्न अस्पतालले विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने जनाएको थियो । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।

उनीसँगै उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको छ । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको हो ।

आचार्यको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेको जानकारी दिएको छ । 

संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले भेटमा रोक लगाएको छ । अर्को सूचना नआएसम्म भेट गर्न पूर्णरुपमा बन्द गरिएको जानकारी गराइएको छ । 

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro