site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज हुँदै, छैन फोक्सोमा समस्या 
फाइल तस्बिर ।

काठमाडौं । जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । कीर्तिपुर बर्न अस्पतालले विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने निर्णय गरिएको जनाएको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।

“अबको केही समयमा उहाँ (विष्णु पौडेल)लाई डिस्चार्ज गर्ने तयारी गरिरहेका छौँ,” अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले बाह्रखरीसँग भने, “डिस्चार्जका लागि सबै प्रक्रिया पूरा भइसकेको छ ।”
 
उनीसँगै उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको छ । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको हो ।

आचार्यको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेको जानकारी दिएको छ । 

संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले भेटमा रोक लगाएको छ । अर्को सूचना नआएसम्म भेट गर्न पूर्णरुपमा बन्द गरिएको जानकारी गराइएको छ । 

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विष्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro