site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेयर आचार्यलाई हृदयरोग विशेषज्ञको परामर्श
फाइल तस्बिर ।

काठमाडौं । जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको छ । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको हो ।
 
अर्थमन्त्री विष्णु पौडेल र आचार्य दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै दुवैको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेको जानकारी दिएको छ । 

संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले भेटमा रोक लगाएको छ । अर्को सूचना नआएसम्म भेट गर्न पूर्णरुपमा बन्द गरिएको जानकारी गराइएको छ । 

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विष्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए । 

मन्त्री पौडेलको हात र अनुहारमा बढी जलन छ । आचार्यको अनुहारमा जलन भएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro