site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिकी विदेशमन्त्रीले के भने ? 

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य गर्न हुने एउटा बैठकबाट केही पनि उपलब्धि नहुने बताएका छन् ।

रुस–युक्रेन युद्ध रोक्नको लागि साउदी अरेबियामा अमेरिकी अधिकारीहरू र रुसी अधिकारीहरूबीचको बैठकअघि उनले भने, “एउटा बैठकले युद्ध समाप्त हुँदैन ।” 

उनले यसका लागि अहिलेसम्म कुनै औपचारिक प्रक्रिया सुरु नभएको बताए । यद्यपि, युक्रेन, रुस र अन्य सम्बन्धित पक्षहरूसँग यसबारे छलफल गरिने बताए ।

“राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्नुभएको छ । दुवै पक्षले युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन्,” उनले भने, “यसपछि वार्ताको सम्पूर्ण प्रक्रिया कस्तो हुनेछ भनेर निर्धारण गर्न थप बैठकहरू हुने मेरो विश्वास छ ।” 

यसैबीच, ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकाफले रुसी अधिकारीहरूसँग वार्ता गर्नुअघि आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका छन् ।

उनले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि यसमा संलग्न हुने बताइका छन् । इजरायल–हमास युद्धविराम वार्तामा विटकफले महत्वपूर्ण भूमिका खेलेका थिए ।

यसैबीच, किभमा रहेका बीबीसी युक्रेन संवाददाता जेम्स वाटरहाउसले युक्रेनी सरकारी स्रोतले युक्रेनलाई वार्ताको लागि आमन्त्रित नगरिएको बताएका छन् ।

उनले युक्रेनले वार्तामा सामेल हुन आफ्ना प्रतिनिधिहरू नपठाउने बताएका छन् । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro