site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृत्युदण्डबारे सुवाललाई ओलीको जवाफ– कसैलाई ज्यान दिन सकिँदैन भने लिन पनि हुँदैन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई ज्यान दिन सकिँदैन भने कसैको ज्यान लिन पनि नहुने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै अरुको ज्यान लिन उद्यत हुने सोच उपयुक्त नभएको बताए । 

सुवालले ठूला भ्रष्टाचारी र मानव अधिकार गम्भीर उलंघन गर्नेलाई मृत्युदण्डको सजाय समेत हुने कानुनी व्यवस्था नभएसम्म जनताको हित र समाजवाद कार्यान्वयन होला र भन्दै प्रश्न गरेका थिए । 

जवाफमा ओलीले संविधान र पम्पराका कारण मृत्यु दण्डको सजाय राख्न नमिल्ने बताए । “भ्रटाचारीलाई मृत्युदण्ड गर्ने व्यवस्था गर्न मिल्दैन । अर्को, कुरा कानुनले गरेको फैसला हामी मान्छौँ । कानुनको फैसला मान्छेले नै गर्ने हो । मृत्यु दण्डको सजाय दिएपछि फैसला सच्याउन सकिँदैन”, उनले भने, “उसको रेपुटेसन र कारोबार सच्याउन सकिँदैन । जुन चिज दिन सकिँदैन भने लिन हुँदैन । कसैलाई ज्यान दिन सकिँदैन भने लिन पनि हुँदैन ।” 

उनले राजनीतिक व्यक्तिहरूलाई अपराधमा हत्या गर्ने भन्दै समाज र संविधानले मृत्युदण्डको व्यवस्था गर्न नभनेको बताए । व्यक्तिले कुरा उठाउनु फरक भएको उनको भनाइ छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro