site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्प प्रशासनमा सक्रिय भएसँगै मस्कले गुमाए सय अर्ब डलर सम्पत्ति !

काठमाडौं । विश्वकै धनाढ्य अमेरिकी अर्बपति उद्यमी एलन मस्कको सम्पत्ति घटेको छ । गत डिसेम्बर १७ मा मस्कको सम्पत्ति ४८६ अर्ब अमेरिकी डलर पुगेको थियो । ब्लुमबर्गका अनुसार फेब्रुअरी १५ मा उनको सम्पत्ति ३९८ अर्ब अमेरिकी डलरमा झरेको छ ।

जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेका थिए । त्यसयता मस्क ट्रम्प प्रशासनमा सक्रिय छन् । मस्कले सरकारको प्रभावकारिता हेर्ने विभाग डोजको नेतृत्व पाएका छन् । यसका केही निर्णय विवादास्पद भइरहेका छन् ।

मस्कका कम्पनीको सेयर मूल्य पनि घट्दै जाँदा उनी ट्रम्प प्रशासनमा बढी सक्रिय भएर सम्पत्ति घट्दै गएको हो कि भन्ने टिप्पणी हुन थालेको छ । मस्कको विद्युतीय सवारी (ईभी) निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा भारी गिरावट आएको छ ।

गत डिसेम्बरमा सबैभन्दा उच्च रहेको टेस्लाको सेयर मूल्य हाल ३० प्रतिशतभन्दा बढीले घटेको छ ।

मस्कको करिब ६० प्रतिशत सम्पत्ति टेस्लाकै १३ प्रतिशत सेयर हो । यसअघि स्पेसएक्सको सेयरमा वृद्धि हुँदा उनको सम्पत्ति हालसम्मकै उच्च पुगेको थियो ।

चिनियाँ ईभी कम्पनीहरूले विश्वभर बजार विस्तार गरिरहँदा र टेस्लाको पर्फमेन्स आक्रामक नभएकाले पनि कम्पनीको सेयर मूल्य घटेको आंकलन छ ।

ट्रम्प प्रशासनले ईभी एवं स्वच्छ उर्जालाई खासै प्राथमिकतामा राखेको छैन । एबीसीन्युज
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro