site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको भेटघाटमा अस्पतालले लगायो पूर्ण रोक 

काठमाडौं । जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भेटघाटमा अस्पतालले रोक लगाएको छ ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म भेटघाट पूर्ण रूपमा बन्द गरिएको जानकारी गराएको छ । ‘‘हाललाई अवस्था सामान्य भए तापनि संक्रमण हुने भएकाले हाललाई भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ,’’ विज्ञप्तिमा भनिएको छ । 

उनीहरूको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । आज घाउको ड्रेसिङ गरिने अस्पतालले जनाएको छ । 

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए । 

मन्त्री पौडेलको हात र अनुहारमा जलन बढी छ भने आचार्यको अनुहारमा जलन भएको छ । दुवैको फोक्सोमा धुवाँ छिरेकाले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro