site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टेबलटेनिसको दुईदिने अम्पायर प्रशिक्षण सम्पन्न

काठमाडौं । टेबलटेनिसको दुईदिने राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रममा काठमाडौंको लैनचौरमा गरिएको छ । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको राष्ट्रिय अम्पायर सर्टिफिकेसनमा कुल ३३ जना प्रशिक्षित भएका थिए ।

बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रशिक्षण शुक्रबार सम्पन्न भएको हो । उनीहरूलाई अन्तर्राष्ट्रिय सर्टिफाइड अम्पायर नरेश रावलले प्रशिक्षण गरेका हुन् ।

समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले क्षमतावान खेलाडीलाई अगाडि बढ्नका लागि निर्णायक भूमिका अहम् हुने बताए । साथै, घिसिङले कहिलेकाहीँ न्यायाधीशले गलत फैसला गर्दा मानिसको जीवन नै बर्बाद हुने उल्लेख गर्दै टेबलटेनिसका न्यायाधीशबाट गलत निर्णय हुँदा खेलाडीको जीवन अफ्ठ्यारोमा पर्ने भन्दै धैर्यता अपनाउनुपर्ने बताए ।

अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने माध्यमका रूपमा राष्ट्रिय अम्पायरको करियर अगाडि बढाउन उनले आग्रह गरे । एकदिन एसियन च्याम्पियनसिप र ओलम्पिक समेत निर्णायकको भूमिका निभाउने लक्ष्यसहित अगाडि बढ्न घिसिङको आग्रह छ । अहिले खेलाडीहरू प्रवधिको माध्यमबाट निकै क्षमतावान र स्मार्ट रहेकाले अम्पायरले गरेका निर्णयप्रति पुष्टि नहुने गरी उनीहरू तयारीमा रहनसक्ने औंल्याए ।

प्रशिक्षित अम्पायरलाई राखेप सदस्यसचिव घिसिङले प्रमाणपत्रका प्रदान गरे । उनीहरूलाई टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र महासचिव कुँवर सिंह लगायतले बधाइ दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro