site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले ०८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छ : झलनाथ खनाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी कांग्रेसले तयारी गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले निर्वाचनका लागि राम्रो तयारी गरिरहेको उल्लेख गरे ।

उनले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए । यही अवस्थाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरे । उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले पुनरावलोकन गर्नु आवश्यक रहेको धारणा राखे । देशका सबै वामपन्थी एक हुनुपर्नेमा जोड दिए ।

"०८४ आउँदै छ । ०८४ को लागि कांग्रेसले राम्रो तयारी गरेको देख्छु मैले । ०८४ मा कांग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु । वामपन्थीले कल्पना नगरे पनि हुन्छ । म एक्लै बहुमत ल्याउँछु भनेर एमाले हिँड्दै छ । एमालेको एउटा खुट्टा हो कि दुईवटा खुट्टा भाँचिने हो भन्न सक्ने अवस्था छैन । त्यो दुर्घटनामा पर्छ । यदि अहिले पनि बुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ," उनले भने ।

पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भन्ने कुरा भ्यागुते घमण्ड भएको बताए । नेकपा (माओवादी केन्द्र)ले दक्षिणपन्थी बाटो अँगालेको उनले बताए । नेकपा (एकीकृत समाजवादी)ले पनि सोही बाटो बिराएको खनालले उल्लेख गरे । कांग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro