site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नारायणकाजीकाे स्वीकाराेक्ति : पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रूपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।

शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रूपान्तरण अभियानबाट हल गर्ने बताएका हुन् । 

अहिले नै पार्टीभित्रको समस्या पूरै हल भइनसकेको उनले बताए । श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्न एकताबद्ध ढंगले अघि बढाउने धारणा राखे । 

उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्‍याइछाड्ने उल्लेख गरे । 

श्रेष्ठले सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । उनले भरतपुरको विकास क्रान्तिकारी ढंगले भएको भन्दै भरतपुर महानगरकी प्रमुख रेनु दाहालको प्रशंसा गरे । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro