site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पलाई प्रतिबन्ध गरेको मुद्दा सुल्झाउन एक करोड डलर तिर्दै मस्कको एक्स
Tiktok banner adTiktok banner ad

काठमाडौं । विश्वका धनाढ्य अमेरिकी अर्बपति उद्यमी एलन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्सले त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक करोड डलर तिर्ने भएको छ । त्यति बेलाको ट्विटरका संस्थापक ज्याक डोर्सीअन्तर्गत रहेका बेला एक्समा ट्रम्पलाई प्रतिबन्ध लगाइएको थियो ।

सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकी संसद् भवन क्यापिटल हिलमा आक्रमण गरेपछि उनको अकाउन्ट ट्विटरले बन्द गरेको थियो । ट्रम्पको टिम मस्कसँगको राम्रो सम्बन्धका कारण उक्त मुद्दा फिर्ता लिन तयार भएको भनिएको छ ।

मस्कले किनेपछि २०२२ मा ट्रम्पको ट्विटर अकाउन्ट पुनर्स्थापित गरेका थिए । त्यसपछि ट्रम्पको चुनावी अभियानमा उनले २५ करोड डलरभन्दा बढी खर्च गरेका थिए ।

यसअघि, यस्तै किसिमको मुद्दा सुल्झाउन सामाजिक सञ्जाल कम्पनी मेटा पनि २५ करोड अमेरिकी डलर तिर्न तयार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro