site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बृहत् साहित्यिक उत्सवमा सर्जकहरू सम्मानित हुँदै

काठमाडौं । सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली फर्पिङले साहित्यिक उत्सवको आयोजना गर्दै साहित्यकारहरूलाई सम्मानित गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रद्वारा प्रेषित विज्ञप्तिअनुसार संस्थाले उत्सवका अवसरमा ‘सुसेली साहित्यिक पत्रकार सम्मान–२०८१’ बाट साहित्यिक पत्रकार रोचक घिमिरेलाई, ‘सुसेली कविता सम्मान–२०८१’ कवि तुलसी दिवसलाई र ‘सुसेली आख्यान सम्मान–२०८१’ आख्यानकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यही फागुन १७ गते शनिबारका दिन आयोजना हुने बृहत् साहित्यिक उत्सवमा उक्त सम्मानहरू प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।

साहित्यकार किशोर पहाडीको संयोजकत्वमा डा. शेखरकुमार श्रेष्ठ र अप्सरा भुर्तेल समेतको निर्णायक समितिले सम्मानको निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro