site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ

काठमाडौं । कैलालीको धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको फूलबारीका टेकबहादुर टमटा छन् ।

प्रहरीले गए राति उनलाई धनगडीको चौराहाबाट नियन्त्रणमा लिन खोजेको थियो । तर, उनी प्रहरीलाई चक्कु देखाएर भाग्न खोजेका थिए ।

पछि प्रहरीले लाठी चार्ज गरेर नियन्त्रण गर्न खोज्दा प्रहरीलाई नै लखेटेर चक्कु प्रहार गर्न खोजेका थिए । राति नै प्रहरीको थप टोली खटिएर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदम विष्टले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनको मानसिक स्वास्थ्यमा समस्या रहेको खुलेको छ । प्रहरीले उनलाई मनोविद्‌लाई जाँच गराउने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro