site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीईओ नियुक्तिमा सधैँ ढिलाइ, मन्त्रालय र नेप्सेबीच छैन समन्वय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीको कार्यकाल गत साताको शुक्रबार सकियो । उनको कार्यकाल सकिएसँगै कार्यवाहक सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयालले पाएका छन् । तर, नयाँ सीईओ छनोट प्रक्रिया अगाडि नबढाएर अर्थ मन्त्रालय र नेप्से बोर्ड नै शान्त बसेको छ ।

सार्वजनिक संस्थानहरूको कार्यक्षमतामा प्रश्न उठाउने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेको नेतृत्व छनोटमा चासो देखाएका छैनन् । नेप्से बोर्ड भने अर्थ मन्त्रालयको ग्रीन सिंग्नल खोजिरहेको छ । तर, अर्थ मन्त्रालयको संस्थान हेर्ने महाशाखा पनि नेप्सेको सीईओ छनोट कसरी गर्ने भन्ने अन्योलमा छ ।

अर्थ मन्त्रालयले नेप्सेको बोर्डलाई अधिकार दिएमा सीईओ छनोट प्रक्रिया अगाडि बढाउने नेप्सेका अध्यक्ष शोभाकान्त पौडेलले बताए । “हामीले अर्थ मन्त्रालयको निर्णय पर्खिएका छौँ । अधिकार दिएमा नेप्से बोर्डले नै सीईओको प्रक्रिया थाल्ने छ,” अध्यक्ष पौडेलले भने, “यसअघि पनि अर्थ मन्त्रालयले नै सीईओ नियुक्तिको प्रक्रिया अगाडि बढाउँथ्यो । योपटक पनि अर्थले नै गर्ला ।”

तर, संस्थानहरूको कार्यकारी प्रमुख नियुक्त गर्ने अधिकार त्यही संस्थाको बोर्डको भएको अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले बताए । तर, अर्थले सीईओ नियुक्त गर भनेर नेप्सेलाई पत्र पठायो भने प्रक्रिया अगाडि बढाउन सक्ने नेप्सेका एक उच्च अधिकारीले बताए । “यसअघि कृष्णबहादुर कार्की सर, चन्द्रसिंह साउद सरको पालामा मन्त्रालयले नै प्रक्रिया अगाडि बढाएको थयो,” ती अधिकारीले भने ।

तर, त्यसपछि सीताराम थपलियाको पालामा नेप्से बोर्डले सीईओ नियुक्त गरिएको ती अधिकारी बताउँछन् । अर्थले आफूलाई अनुकूल हुने हिसाबले काम गर्ने हुँदा सीईओ छनोटको अधिकार नेप्सेलाई नभएको ती अधिकारी बताउँछन् ।

यसअघि नेप्सेको सीईओबाट चन्द्रसिंह साउदले राजीनामा दिएको पाँच महिनापछि मात्र नयाँ सीईओ नियुक्ति गरिएको थियो । साउदले भदौ ८ गते राजीनामा दिएका थिए भने कार्की माघ २० गते नेप्सेको सीईओ नियुक्त भएका थिए ।

कार्कीलाई सीईओ नियुक्त गर्दा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । सदस्यमा अर्थ मन्त्रालयकै तत्कालीन सहसचिव रितेश शाक्य र विज्ञ सदस्यामा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro