site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भौतिकमन्त्रीले ढुंगा खाने स्थिति बन्यो : बास्कोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावाखण्डको यथाशीध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चार प्रधानमन्त्री फेरिए पनि चार किलोमिटर सडक निर्माण नभएको बताएका हुन् ।

“चारवटा प्रधानमन्त्री फेरिए, चारैवटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन,” उनले भने, “चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत ।”

त्यहाँका जनता आक्रोशित भएको उनले उल्लेख गरे । अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउन सक्ने उनले बताए । “यही कुरा भन्नू भनेका छन् जनताले । नभए ढुंगा खाने स्थिति बन्यो अब,” उनले भने ।

काभ्रे तरकारीका निम्ति पकेट क्षेत्र भएको भन्दै उनले कोल्ड स्टोर निर्माणका निम्ति बजेटको व्यवस्था गर्न समेत माग गरे । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro