काठमाडौं । कुमारी बैंक लिमिटेड र चाबहिलस्थित अप्टिक आइजबीच सेवामा छुट दिने सम्झौता भएको छ । यो सम्झौतासँगै कुमारी बैंकका ग्राहकले अप्टिक आइजबाट प्रदान गरिने सेवाहरूमा छुट पाउने भएका छन् ।
यस सम्झौताबमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकलाई फ्रेम र सनग्लासहरूमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत र ब्रान्डेड फ्रेममा १० प्रतिशत छुट हनेछ ।
यसका साथै ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्सन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा पाँच प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श निःशुल्क गरिने सम्झौता भएको छ ।
कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।