site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं । मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकबाट सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । 

विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले मिडिया क्षेत्रको नियमन गर्ने अधिकार मिडिया काउन्सिललाई दिने गरी कानुन निर्माण गरिएको बताए । 

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधायनसम्बन्धी विधेयक २०८० सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरेका थिए । 

राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro