site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घटेको बजारमा गार्डेन माइक्रो र सेन्ट्रल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.४९ अंकले घटेको छ । घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।

यस दिन सेन्ट्रल फाइनान्स र गार्डेन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सेन्ट्रल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ६७३ रुपैयाँ २० पैसा कायम भएको छ । गार्डेन माइक्रोलाइफको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ १० पैसा कायम छ ।

नेप्से परिसूचक २६८८.३१ विन्दुमा बन्द भएको छ । आठ अर्ब ३९ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

६९ कम्पनीको सेयर मूल्य बढेको छ । १६७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक बढ्नेमा फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफइनान्स र व्यापार समूह छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro