site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डिउटीमा कुटिए प्रहरी, समयमा पुगेन मद्दत टोली 

काठमाडौं । काठमाडौंमा डिउटीमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गर्ने सबै युवा अझै पक्राउ परेका छैनन् । बिहीबार (माघ २४) राति करिब १२ बजे ठमेलको छाया सेन्टरनजिकै प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी)का रूपमा मोटरसाइकलसहित खटिएका दुई प्रहरीमाथि कुटपिट गरिएको थियो ।

घटनाको तीन दिनसम्म पनि कुटपिट गर्ने केही युवा प्रहरी नियन्त्रणबाहिर छन् । आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भनेर धम्की दिँदै उनीहरूले क्यूआरटीका रूपमा खटिएका प्रहरी वृत्त दरबारमार्गका प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छाती र जवान विष्टको दायाँ आँखामुनि चोट लागेको थियो । उनीहरूमाथि ६/७ जनाको समूहमा रहेका युवाले कुटपिट गरेका थिए । डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट गरिनुलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा प्रहरी अधिकारी अर्थ्याउँछन् ।

Dabur Nepal

आरोपितलाई अझैसम्म नियन्त्रणमा लिन नसक्दा प्रहरीको भूमिकामाथि नै प्रश्न उठाइँदै छ । त्यसो त त्यहाँ घाइते भएका प्रहरीले आक्रमणपछि तुरुन्त कार्यालयमा जानकारी गराउँदा समेत थप मद्दतको टोली समयमा घटनास्थलमा नआइपुगेको गुनासो गरेका छन् ।

घाइते प्रहरीले भनेका छन्, ‘‘हामी दुईजना मात्रै र कुटपिट गर्ने समूह ६/७ जना हुँदा नियन्त्रण गर्न सकेनौँ । हामीले तत्काल कार्यालमा आफूहरू कुटिएको जानकारी गराएका थियौँ । तर, थप मद्दतको टोली समयमा आउन नसक्दा उनीहरू भाग्न सफल भए ।’’

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले पनि थप टोली तत्काल घटनास्थलमा पुग्न नसक्दा आक्रमणकारी भाग्न सफल भएको स्वीकार गरे । परिसरका प्रवक्ता एवं एसपी अपीलराज बोहरा भने उक्त कुटपिटको सूचना पाउनासाथ प्रहरी टोली आक्रमणकारीको खोजीमा लागेको जिकिर गर्छन् ।

उनले भने, ‘‘कुटपिट हुँदासाथ थप टोली घटनास्थल पुगेको थियो । तर, उनीहरू भागेर विद्यार्थी बस्ने होस्टेलभित्र छिरेका कारण प्रहरीको टोली फर्किएको हो ।’’

घटनास्थल दरबारमार्ग प्रहरी वृत्तको क्षेत्रभित्र पर्छ । नजिकै प्रहरी वृत्त सोह्रखुट्टे समेत छ । तर, दुवै कार्यालयका प्रहरी तत्काल नपुग्दा आक्रमणकारी भाग्न सफल भएका हुन् ।

हरेक प्रहरी युनिटमा तत्काल घटनास्थलमा जानुपर्ने अवस्थाका निम्ति सीआरभी भ्यान हुन्छ । २४ घण्टा नै त्यो तयारी अवस्थामा राखिएको हुन्छ । तर, आफ्नै प्रहरी कर्मचारीमाथि कुटपिट हुँदा दरबारमार्ग र सोह्रखुट्टेको टोली समयमै घटनास्थलमा पुगेनन् ।

प्रहरीका अनुसार, घटनामा अमृत साइन्स (अस्कल) क्याम्पसमा अध्ययनरत विद्यार्थीको संलग्नता देखिएको छ । प्रहरीले सीसीटीभी फुटेजको अध्ययन गरी अनुसन्धान थालेको छ ।

एसपी बोहराका अनुसार, आइतबार (माघ २७) भने घटनामा संलग्न दुईजनालाई पक्राउ गरिएको छ । प्रहरीमाथि कुटपिट गर्ने दिनेश सिग्देल र रशेम फुलरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न अरू व्यक्तिको खोजी जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro