site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन सुरु भएन प्रतिनिधिसभा बैठक ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भइसक्दा पनि सुरु भएको छैन । बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको थियो । तर, दिउँसो साढे २ बज्दासम्म बैठक सुरु भएको छैन ।

सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीचको छलफल लम्बिँदा संसद् बैठक सुरु हुन ढिलाइ भएको सांसदहरूले बताएका छन् ।

संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिनेछ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् । उनले ‘नेपाल प्रहरी विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘नेपाल प्रहरी विधेयक, २०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro