site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लाइसेन्स रद्द गरिएको उद्योगको औषधि बजारमा, तत्काल रोक्न विभागको निर्देशन 
Dabur Nepal
NIC Asia

काठमाडौं । उत्पादन अनुज्ञापत्र तथा बिक्री वितरण दर्ता प्रमाणपत्र रद्द गरिएको उद्योगले औषधि उत्पादन गरी बजारमा पठाएको पाइएको छ । डेढ वर्षअघि नै औषधि व्यवस्था विभागले लाइसेन्स रद्द गरेको उद्योगले औषधि उत्पादन गरी बिक्री वितरण गरेको पाइएको हो । 

चाँगुनारायण ३ झौखेलस्थित एमडीएच फार्मास्युटिकल्स प्रालिले कानुनविपरीत यस्तो कार्य गरेको हो । सो कम्पनीले ‘फर्टिभेट’ नामक क्लोमिफिन साइट्रेट ट्याब्लेट उत्पादन गरी अन्तिमपटक गत डिसेम्बरमा बजारमा पठाएको पाइएको छ ।
 
विभागले सो कम्पनीको उत्पादन अनुज्ञापत्र तथा बिक्री वितरण दर्ता प्रमाणपत्र ०८० भदौ १८ गते रद्द गरेको थियो । त्यसयता पनि कम्पनीले पटकपटक गरी तीनवटा ब्याचमा सोही औषधि उत्पादन गरी बजारमा पठाएको विभागले जनाएको छ । 

ती औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता ल्याई सोको विवरण बुझाउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । उक्त औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले सबैमा आग्रह गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro