site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
त्रिमूर्ति दिवसमा तीन स्रष्टा पुरस्कृत

काठमाडौं । त्रिमूर्ति निकेतनले विशिष्ट नाटककार बालकृष्ण समको १२३औँ जन्म जयन्तीको अवसर पारेर त्रिमूर्ति दिवस मनाएको छ । उक्त अवसरमा निकेतनले चार स्रष्टालाई ०८० सालको विविध विधाको पुरस्कार र सम्मान प्रदान गर्‍यो । 

काठमाडौंमा आयोजित कार्यक्रममा सर्जकहरू रामबाबु सुवेदी, प्रा.डा.सावित्री कक्षपती र प्रा.डा.बेञ्जु शर्मालाई पुरस्कृत गरियो । ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना र प्रचार–प्रसार अभियानमा संलग्न भई योगदान दिने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरियो । 

त्यस्तै, साहित्यकार बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि दस्तावेज प्रस्तुत गर्नुका अतिरिक्त नेपाली रंगकर्मको संवर्द्धनमा समेत समर्पित प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरियो ।

कार्यक्रममा बितेको ६ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित प्रा.डा. बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो ।

उक्त पुरस्कारका साथै नगद राशि जनही एकएक लाख रुपैयाँ प्रदान गरिएको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईं प्रेषित विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro