site stats
बाह्रखरी :: Baahrakhari
देश
यी सात जिल्लामा आज बाढीको जोखिमको सम्भावना ‘उच्च’
कैलालीमा डुबानको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार १६) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा र बैतडी भई बहने साना नदीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), चितवन, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहेको महाशाखाले जनाएको छ ।

संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर र खोटाङ भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानुमान छ ।

कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने महाशाखाको पूर्वानुमान छ ।

b1-1751255554.jpg

b2-1751255554.jpg

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्